५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री पोखरेल र न्यूजिल्याण्डका राजदूत केम्पर्सबीच भेटवार्ता

१६ जेठ, काठमाडाैँ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि न्युजिल्याण्डका राजदूत जोना केम्पर्स बिच शिष्टाचार भेट भएको छ ।

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयमा आज भएको भेटमा दुई देशबिचको सम्बन्ध सुमधुर राख्न सहकार्य र साझेदारी गर्ने बिषयमा छलफल भएको छ । भेटमा राजदूत केम्पर्सले नेपालको शैंक्षिक अवस्थाको विकासको लागी न्युजिल्याण्ड सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।

शिक्षा क्षेत्रको विकास संगैं नेपालको खेल बिज्ञान, पर्यटन विकास र राष्ट्रिय उद्यान व्यवस्थापनमा न्युजिल्याण्डले सहयोग गर्ने राजदूत केम्पर्सले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटमा राष्ट्रिय भर्ना अभियानको सफलता, सरकारको प्राथामिकता र शिक्षामा छुट्याएईको बजेटका सन्र्दभमा पनि छलफल भएको थियो ।
राजदूत केम्पर्ससंगको भेटमा मन्त्री पोखरेलले नेपालमा बैंज्ञानिक शिक्षाको आवश्यकता रहेको औंल्याउँदै सहयोगको लागि अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार १८:३५