४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

 मानव बेचबिखन र साइबर ब्यूरो स्थापना हुने

१५ जेठ,काठमाडौँ । साइबर अपराध र मानव बेचबिखनको बदलिँदो स्वरुपलाई मध्यनजर गरी नेपाल प्रहरीमा साइबर ब्यूरोे र मानव बेचबिखन ब्यूरोे स्थापना गरिने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीतिअनुरुप आगामी वर्ष थप १५ जिल्लामा कार्यक्रम विस्तार गरिने उल्लेख छ ।

मुलुकमा प्रभावकारी शान्ति सुरक्षा र अमनचैन कायम गरी जनतामा सुरक्षाको अनुभूति गराई विकास र समृद्धिका लागि अनुकुल वातावरण निर्माण गरिनेछ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको क्षमता अभिवृद्धि गरी आधुनिक र व्यावसायिक तुल्याइने तथा नेपाली सेनाको ‘बंकरदेखि ब्यारेक’ कार्यक्रमलाई निरन्तरता दिइनेछ । कारागारमा कैदीलाई प्रदान गरिने दैनिक जीवन निर्वाह खर्च साविक रु ४५ बाट बढाई रु ६० पु¥याइएको छ । कैदीका छोराछोरीले पाउँदै आएको दूध बापतको भत्ता रु १० बाट बढाएर रु ३५ पु¥याइएको छ ।

प्रकाशित मिति : 20:00