११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

कम डिजेल विक्रि वितरण गर्ने ‘न्यू बंगलामुखी आयल स्टोरमा शिलबन्दी

१५ जेठ,काठमाडौँ  । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभन्दा कम डिजेल विक्रि वितरण गर्ने ‘न्यू बगलामुखी आयल स्टोर’लाई शिलबन्दी गरेको छ ।

विभागको टोलीले आज डिजेल वितरण पम्पको नाप मापदण्ड भन्दा कम भेटिएकाले सानो भ¥याङमा रहेको उक्त आयल स्टोरलाई शिलबन्दी गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बंगलामुखी आयल स्टोर सानो भ¥याङ, मकालु आयल स्टोर कलंकी र हामा आयल स्टोर स्वयम्भूमा गरिएको अनुगमनमा दुईवटा आयल स्टोर मापदण्डभित्र रहेको र बंगलामुखी आयल स्टोरलाई शिलबन्दी गरिएको बताउनुभयो ।

यसैगरी विभागले मंगलबार उपत्यकाका दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार १९:०६