११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

विद्यार्थीलार्इ दियो बजेटले खुशीः शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजमा ऋण पाउने

१५ जेठ, काठमाडाैँ । नेपाल सरकारले शैक्षिक प्रमाणपत्र धितो आधारमा कर्जा दिने घाेषणा गरेको छ । बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो आधारमा कर्जा दिने घाेषणा गरेका हुन ।

जसअनुसार शैक्षिक प्रमाणपत्र राखेर अब ७ लाख रुपैयाँसम्म कर्जा पाइने भएको छ। ५ प्रतिशत ब्याजमा सो कर्जा प्रवाह गरिने अर्थमन्त्री डा.  खतिवडाले बताएका छन ।  यसअघि अनेरास्ववियुले यसकाे माग गर्दै अाएको थियो । बजेटमा यस्तो व्यस्था राखिएकोप्रति अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैलाले खुशी व्यक्त गरेका छन । उनले अब सरकारले कार्यान्वयनमा पनि ध्यान  दिनुपर्ने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार १६:४२