२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

भूमि आयोगलाई काम अगाडि बढाउन मन्त्री अर्यालको निर्देशन

१८ साउन, काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । आयोग पदाधिकारी तथा केही सांसदसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगको कामको प्रगतिबारे जानकारी लिएपछि आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिनुभयो एको छ ।

“जुन उद्देश्यका साथ आयोग गठन भएको हो, त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडि बढाउनुस्”, मन्त्री अर्यालले भन्नुभयो, “यो काम छिटो अगाडि बढाउनुपर्छ, तपाईंहरु त्यसमा लाग्नुस् ।” देशभरका भूमिहीन तथा सुकुम्वासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उहाँले महत्वपूर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले भूमिहीन, सुकुम्वासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : August 2, 2020 at 7:58 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/