५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हत्यारा प्रमाणित भएका ढुंगेल अाममाफीपछि कारागारबाट यसरी बाहिरिए

१५ जेठ, काठमाडाैँ । अोखलढुंगाका उज्जन श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद पाएका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले अाममाफी पाएका छन । अाममाफी पाएसँगै ढुंगेल कारागारबाट रिहा भएका छन् ।

गणतन्त्र दिवसका अवसर पारेर सरकारले ढुंगेललाई अाममाफी दिएको हो । डिल्लीबजारमा जम्मा भएका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता र आफन्तले ढुंगेललाई स्वागत गरेका थिए ।

गृहमन्त्रालयको प्रस्तावमा सरकारले बाँकी कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । ढुंगेललाई रिहाइ गर्ने सरकारको निर्णयको चौतर्फी विरोध हुँदै आएको थियो । तर, सरकारले कुनै सुनुवाइ गरेन । यही विषयमा सर्वाेच्च अदालतमा मुद्दा विचारधिन रहेको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार ०९:२४