१० असार २०८३, बुधबार | Thu Jun 25 2026

हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने…’सार्वजनिक

१५ साउन, काठमाडौँ । कलाकार हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ  ।  हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ। नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ।

सागरराज शर्माको निर्देशन रहेको भिडियोमा हरिवंश आचार्य, सशिकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय रहेको छ । भिडियोमा हरि हुमागाईंको छायाँकन र सुशिल न्यौपानेको सम्पादन रहेको छ ।

प्रकाशित मिति : July 30, 2020 at 6:06 pm