५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अबैध अायात निरूत्साहनमा सशस्त्र प्रहरी, अबैध सामान नियन्त्रणमा लिइ भन्सारमा बुझाइयो

१८ जेठ, सप्तरी । सशस्त्र प्रहरीले भारतीय  सीमाबाट हुने अबैध अायात र निर्यातलार्इ निरूत्साहित गर्ने अभियानलार्इ प्रभावकारी बनाएको छ । पछिल्लो समय सीमाबाट हुने अबैध अायात नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण देखिएको छ । सप्तरीस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पातोले  सोमबार अबैध सामान नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाएको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउंदै गरेको भारतीय मोटरसाइकल सहितको विभिन्न किराना सामान तथा नेपालबाट अबैध रुपमा भारततर्फ लैजादै गरेको मदिरा सहितको टायर गाढा इलाका प्रहरी कार्यालय समेतको सहयोगमा पक्राउ गरि राजबिराज भन्सार कार्यालयमा बुझाइएको बोर्डर आउट पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

भारतको बिहारमा मदिरा प्रतिबन्ध भएपछि नेपालबाट लुकीचोरी लैजाने तथा भारतबाट अबैध सामान ल्याउने कार्य रोक्नको लागि तिब्र रुपमा कार्बाही प्रक्रिया अगाडी बढाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार २२:२६