नीति, विधि र नेतृत्वको निरुपण गर्न एकता महाधिवेशन अपरिहार्यः मुख्यमन्त्री पोखरेल
१३ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले रोइकराइ गरेर र अनेक बखेडा झिकेर बार्गेनिङ गरेकै भरमा पार्टीमा पद पाउन मुस्किल रहेको संकेत गरेका छन । पदको बार्गेनिङ गरेर पार्टीका शीर्ष नेता नै रूवाबासीमा लागेपछि मुख्यमन्त्री पोखरेलले मंगलबार सामाजिक सञ्जाल मार्फत यस्तो सन्देश दिएका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका मुख्यमन्त्री पोखरेलले भनेका छन ‘पार्टी एकताको मर्म र भावना अनुरुप सहमती र सहकार्यनै गतिरोधको समाधान हो । नीति, विधि, नेतृत्वको निरुपणगर्न एकता महाधिवेशन अपरिहार्य छ।’
प्रकाशित मिति : 22:51









