गुट भेला समेत असफल भएपछि नारायणकाजीले भने, ‘नेकपा फुट्नु हुँदैन, फुट्न दिईदैन र फुट्दैन’
१३ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले गुटको भेला समेत असफल भएपछि पार्टी नफुट्ने बताएका छन । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेख्दै उनले भनेका छन ‘ठुलो मेहनत गरेर र महान् क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर एकीकृत गरिएको पार्टी फुट्नु हुँदैन,फुट्न दिईदैन र फुट्दैन।’ चरम रूपमा बदनामी कमाएका ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पदबाट हटाउन स्थायी कमिटी बैठकबाट निर्णय गराउने म्यान्टेट लिएर गएका उनीहरूले बालुवाटारमै गुटको भेला राखेका थिए । यद्यपी उनीहरूको त्यो प्रयास उपाध्यक्ष बामदेव गौतमले असफल पारिदिएका छन ।

यस्तो छ प्रवक्ता श्रेष्ठको प्रतिक्रिया ‘हाम्रो पार्टीको स्थायी कमिटीको आजको बैठक सम्बन्धी विवादलाई अतिरञ्जित गरेर नबुझौं।यो बिधिको बिषय हो।पार्टीमा ठुलै बिग्रह वा फुट बिभाजन हुने भयो भनेर सोच्नुपर्ने आवश्यकता छैन।फेरि पनि दुई अध्यक्ष र हामी छलफल गरेर बैठक सुचारु गर्छौं र संकटको निकासको दिशामा अघि बढ्छौं।सिधा,खुला र स्पष्ट छलफल द्वारा सहमतिमा पुग्ने प्रयत्न जारी रहनेछ।कमरेडहरु! शान्त होऔं,विवेक प्रयोग गरौं र यसमा सहयोग गरौं। ठुलो मेहनत गरेर र महान् क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर एकीकृत गरिएको पार्टी फुट्नु हुँदैन,फुट्न दिईदैन र फुट्दैन।’
प्रकाशित मिति : 22:16









