२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

बलिउड अभिनेत्री ऐश्‍वर्या र उनकी छोरी कोरोना जितेर डिस्चार्ज

१२ साउन, काठमाडाैँ । बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। उनिहरू नानावती अस्पतालमा भर्ना भएको ११ औं दिनमा डिस्चार्ज भएका हुन्। ऐश्वर्या र छोरीको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको उनको श्रीमान् अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएका छन्।

अभिषेकले लेखेका छन्,’ तपाईहरुले दिएको शुभकामनालाई विशेष धन्यवाद। सधैंभरि यसको लागि आभारी छु। राम्रो भएको छ ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालले डिस्चार्ज गरेको छ। उनीहरु घरमा बस्छन्। म र मेरा पिता अस्पतालको अस्पतालको स्वास्थ्यकर्मीको निगरानीमा रहनेछौं।’ जुलाई १२ मा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुमा लक्षण नदेखिएकोले होम क्वारेन्टाइनमा राखिएको थियो।

अमिताभ र अभिषेक १७ दिनदेखि अस्पतालमा छन्। उनीहरुमा कोरोना पोजेटिभ आएपछि ११ जुलाईमा अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित मिति : 19:00