५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

क्यासीनो अन्नामा कार्यरत ९२२ जना कमर्चारीलाई कामबाट नहटाउन सर्वाेच्चको अादेश

१४ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतले होटल अन्नपुर्ण अन्तर्गत क्यासीनो अन्नामा कार्यरत ९२२ जना कमर्चारीलाई कामबाट नहटाउन आदेश दिएको छ ।

सोमबार सर्वोच्चका न्यायधिश बमबहादुर श्रेष्ठको एकल इजलासले क्यासीनोमा कार्यरत कर्मचारीहरुलाई कामबाट निस्कासन नगर्न आदेश दिएको हो । त्यहाँ कार्यरत कमर्चारीहरुले ४७ महिनाको सञ्चय कोष, ९ महिनाको भत्ता र ८ महिनाको तलब अझैसम्म पनि पाउन सकेका छैनन् ।

उक्त क्यासीनोले कर्मचारीको आन्तरिक सल्लाहविना नै नयाँ कर्मचारीहरु नियुक्त गरेको थियो । यसमा पुराना कर्मचारीहरुलाई विस्थापन गर्न नहुने भन्दै गत सुक्रबार पिडित मजदुरको तर्फबाट मुराहरी दाहालले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १४:३४