५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बलात्कारी प्रहरीलाई अदालतको उनमुक्ति, बलात्कृत किशोरी निराश

१४ जेठ, पाँचथर । जिल्ला अदालत पाँचथरले बलात्कारी प्रहरीलाई उन्मुक्ति दिएको छ । अदालले पीडितलाई न्यायविनै पीडक प्रहरी अधिकारीलाई उन्मुक्ति दिएको हो । अदालतले फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई बलात्कारको मुद्दामा सफाइ दिएको हो ।

उनले एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका थिए । जिल्ला न्यायाधीश मनोज केसीको फैसलाले ठटालले सफाइ दिएको हो । एक विपन्न परिवारको किशोरीलाई गर्भवती बनाएका ठटालले किशोरीको अभिभावकलाई पैसा दिएर गर्भपतन गराउन खोजेपछि रहस्य सार्वजनिक भएको थियो । अदालतको अादेशसँगै बलात्कृत किशोरी निराश बनेकीछिन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १३:५५