५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बालकृष्ण ढुंगेलको आममाफी बारे सर्वोच्चले आज अन्तरिम आदेश देला ?

१४ जेठ, काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका दोषी तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारको निर्णयको वारेमा आज सर्वोच्चमा सुनुवाइ भैरहेको छ । सरकारले ज्यान मुद्दामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका ढुंगेललाई आममाफी दिने प्रक्रिया अघि बढाएपछि कांग्रेस नेता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गरेका थिए ।

सर्वोच्चमा आज उक्त रिटको पेशी न्यायाधीशद्धय मिरा खड्का र टंकबहादुर मोक्तानको इजलाशमा तोकिएको छ । संयुक्त इजलाशको पहिलो नम्बरमा उक्त मुद्दाको पेशी रहेको छ । आइतबार ढुङ्गेलको मुद्दा न्यायाधिशले हेर्न नमिल्ने भन्दै सुनुवाइ सरेको थियो । आइतबार न्यायाधीशद्धय चोलेन्द्र शमसेर राणा र हरिकृष्ण कार्कीको इजलाशमा ‘ख’ नम्बरमा पेशी रहेको उक्त मुद्दा कार्कीले हेर्न अस्वीकार गरेपछि सुनुवाइ सरेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १३:१३