५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रेमीसँग घुम्न आएकी युवती नुवाकोटको होटलमा मृत भेट्टिइन्

१४ जेठ, नुवाकोट । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ«े गाउँपालिका–२ की विष्णुमाया मगर शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृत अवस्थामा भेट्टिएकी छिन् ।

काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ लालीगुराँस लोकल खाजा घर नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

साँझ खाना खाएर सुतेकी उनी अबेरसम्म नउठेपछि सँगै आएका उनका प्रेमी ३१ वर्षका लवटले प्रहरीलाई खबर गरेका थिए । घटनाको सम्बन्धमा प्रहरीले लवट र होटल सञ्चालक बद्री गुरुङलाई नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १०:१८