३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका नासु जुनेश सापकोटा घुससहित पक्राउ

१४ जेठ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा जुनेश सापकोटालाई रु १० हजार घुससहित पक्राउ गरिएको छ ।

आयोगका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार एक एजेन्सी नवीकरणका क्रममा नायबसुब्बा सापकोटाले सेवाग्राहीसँग घुस माग्दामाग्दै आयोगको टोलीले अाइतबार कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी सापकोटाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले यातायात व्यवस्था कार्यालय महाकालीका तत्कालीन निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंहसमेत १० जनाविरुद्ध हिजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लिलाम सवारी साधन दर्ता गर्ने क्रममा व्यापारीसँगको मिलेमतोमा निमित्त कार्यालय प्रमुख सिंह, मेकानिकल इञ्जिनियर दीपक थापा, नायब सुब्बा नरेन्द्रराज जोशी, महादेव भट्ट, तारादत्त भट्ट, केशवदत्त बडु, खरिदार श्यामकृष्ण ओझा, सवारी कारोबारी गोकुलप्रसाद श्रेष्ठ, दिनेश बम, करण भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : May 28, 2018 at 5:22 am