५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सुन काण्डका मुख्य अभियुक्त गोरे जेल चलान

१३ जेठ, विराटनगर । साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पुर्पक्षका लागि जेल चलान भएका छन् ।

गत मंगलवार काठमाडौंबाट पक्राउ परेका गोरेलाई जिल्ला अदालत मोरङले आइतवार मुद्दाको पुर्पक्षका लागि जेल चलान गरेको हो । गत बुधवारबाट अदालतमा बयान लिन शुरु भएको थियो । आइतवार बयान सकिएसँगै भएको थुनछेक बहसपछि गोरेलाई जेल चलान गर्ने आदेश भएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले गोरेलाई जेल चलान गर्ने आदेश दिएको हो ।

गोरेसँगै सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा पुर्पक्षका लागि जेल चलान हुने संख्या २९ पुगेको छ ।

यसअघि गत मंगलवार (जेठ ८ गते) जिल्ला अदालत मोरङले सुन काण्ड र सनम हत्यासँग जोडिएका २८ अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आईतवार २०:२६