माधव नेपाललाई सुझावः कार्यकर्ताको मन जित्नुस्, पद हातैमा आउँछ, भिख माग्नु पर्दैन्
४ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी महाधिवेशनको कुरा सुन्ने बित्तिकै तर्सिए । शनिबार पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी महाधिवेशन चाँडै गर्ने प्रस्ताव गर्ने वित्तिकै नेपालले त्यसको प्रतिवादमा देशब्यापी अभियानमा जाने घुर्की दिए । यद्ययी अर्का अध्यक्ष प्रचण्ड लगायतले प्रधानमन्त्रीको प्रस्तावमा सहमति जनाएका छन ।

नेपालको उक्त घुर्कीको विषय बैठकमा मात्र सीमित रहेन । बैठकबाट बाहिरिए लगत्तै निवासमा निकटका नेतालाइ बोलाएर दुइ अध्यक्षले गरेको सहमति हामीले सधैँ मान्नुपर्छ भन्ने छैन । अब देश व्यापी अभियान चलाउन तयार रहौँ भनेर सन्देश दिए । यी सबै कुरा सञ्चारमाध्यममा छरपस्ट भएपछि आम नेता कार्यकर्ताले नेता नेपालको यो प्रवृतिको खुलेर आलोचना गरिरहेका छन ।
गृह जिल्ला रौतहटमा अहिलेसम्म नेपालकै कारण पार्टी एकता टुंगिएको छैन । नेपालको गृह प्रदेशका अन्य दुइ जिल्लामा समेत यस्तै समस्या रहेको छ । ती जिल्ला कमिटीहरूको पूर्णतका लागि कुनै पनि दिन सोच्न नसकेका नेपालले देशव्यापी अभियानमा जाने बताएको समाचार बाहिरिएपछि उनी निकटकै कतिपय नेता कार्यकर्ताले पनि आलोचनात्मक प्रतिक्रिया दिएका छन ।

यस्तैमा अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य किरण देउजाले नेपाललाई अभियानको गफ हान्नु अघि कार्यकर्ताको मन जित्न सुझाव दिएका छन । पार्टी भित्र नेपालको आकर्षण घट्दोक्रममा रहेको संकेत गर्दै देउजाले कार्यकर्ताको मन जित्नुस्, पद हातैमा आउँछ, भिख माग्नु पर्दैन् भनेका छन ।
देउजाले फेसबुक मार्फत लेखेका छन ‘देशब्यापी अभियानमा जानू धेरै राम्रो कुरा हो। त्यो भन्दा पहिले प्रदेश नं २ का ३ वटा जिल्ला कमिटीले पुर्णता पाएका छैनन् , त्यो मिलाउनुस, पार्टीको गतिविधि चलायमान बनाउन पहल गर्नस्। जनताको/कार्यकर्ताको मन जित्नुस्, पद त हातैमा आउँछ नि, भिख माग्नु पर्दैन्।’
प्रकाशित मिति : 09:44









