मध्यरातमा प्रचण्ड पुत्रीको अनुरोधः ‘नेकपा सचिवालयमा कुनै सहमति भएको छैन, भ्रममा नपर्नुहोला’
३ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री एवं उनको सहयोगी गंगा दाहालले मध्यरातमा सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा सचिवालको निर्णयको बारेमा भ्रममा नपर्न अनुरोध गरेकी छिन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो अनुरोध गरेकी हुन ।

उनले भनेकी छिन ‘आज अध्यक्ष द्वय बिच भएको छलफल पछि बसेको पार्टी सचिवालय को बैठकमा सहमति खोज्ने क्रममा विभिन्न बिषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनैपनि बिषयमा सहमति भएको छैन र सम्पुर्ण बिषयहरु छलफलकै क्रममा रहेकाले कोहि पनि भ्रममा नपरौं।’
प्रकाशित मिति : July 18, 2020 at 10:57 pm









