इश्वर पोखरेलको प्रश्नः नेकपा एक हुन खोज्दा किन मन अमिलो पारेका होलान् ?
३ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले शनिबार साँझ एउटा गम्भीर प्रश्न उठाएका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत उपप्रधानमन्त्री पोखरेलले नेकपा एक हुन खोज्दा किन मन अमिलो पारेका होलान् ? भन्दै गम्भीर प्रश्न उठाएका हुन ।

उनले लेखेका छन ‘नेकपामा आन्तरिक समस्या समाधान हुनरगर्न खोज्दा किन मन अमिलो पारेका होलान् ? अचम्म !’ उपप्रधानमन्त्री पोखरेलको यो प्रश्न कता लक्षित छ भन्ने यकिन नभए पनि । शनिबार सचिवालय बैठक लगत्तै गुटको भेला गरेका माधव नेपालतर्फ हुन सक्ने अनुमान गरिएको छ । दुइ अध्यक्ष सहमति नजिक पुगे पनि नेपालले त्यस्तो सहमति मान्न नसकिने भनेर आफू निकटकलाइ बताउँदै आएका छन ।

पार्टीभित्रको विवाद दिनप्रतिदिन बढदै गएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेका छन । प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा नदिने अडान राख्दै ओलीले चैत्रमा गर्ने भनिएको महाधिवेशन मंसिरमै गर्नुपर्ने प्रस्ताव राखेका हुन ।

ओलीको प्रस्तावप्रति प्रचण्डले मंसिरमै महाधिवशेन गर्ने प्रस्ताव सकारात्मक भएपनि थप छलफल गर्नुपर्ने बताएका छन । बैठकमा प्रचण्डले विगतमा भएका निर्णय पनि कार्यान्वयन नभएकाले लिखित रुपमा प्रस्ताव ल्याउनुपर्ने बताएको पनि बुझिएको छ । यद्यपी उक्त प्रस्तावमा प्रचण्डको सहमति रहेको बुझिएको छ।
प्रकाशित मिति : 22:43









