५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नुवाकोटका जनतालाई खुरापाती भन्ने एसपी बसन्त कुँवर को हुन ?

१३ जेठ, काठमाडौँ । नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्त कुँवरवे नुवाकोटका जनतालाई खुरापातीको उपमा दिएका छन । उनले एउटा सार्वजनिक कार्यक्रममा मन्तव्य दिने क्रममा नुवाकोट जिल्ला खुरापाती बस्ने जिल्ला भएको बताएका हुन ।

अदालतको आदेशपछि जिल्लाका क्रसर उद्योगहरु सबै बन्द भएपछि नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको समन्वयात्मक छलफल कार्यक्रममा एसपी कुँवरले नुवाकोट खुरापातीको जिल्ला भएको भन्दै आक्रोश पोखे ।

उनले नुवाकोट जस्तो खुरापाती मान्छे बसेका जिल्ला अरु नभएको पनि बताएका हुन् । एसपी कुँवरले व्यवसायीको रिसले पुरै जिल्लाका नागरिकहरुलाई खुरापातीको उपमा दिएका छन् । यसैबीच एसपी कुँवरले नुवाकोटका जनतालाई आफूले खुरापातीको उपमा नदिएको प्रष्ट पारेका छन ।

सोमबार दैनिकीसँग कुरा गर्दै एसपी कुँवरले आफूले कार्यक्रममा बोलाएको विषयलाई बंग्यार गलत प्रचार गरिएको बताए । उनले भने, ‘कार्यक्रममा मैले केही कुरा राखेकु हुँ, खुरापाती भन्ने शब्द उच्चारण पनि गरेको छु तर नुवाकोटका जनतालाई त्यसो भनेको होइन । मैले तस्करी गर्न पाउनुपर्छ भन्नेर अनेकन तिकड्म गर्नेहरुलाई खुरापाती भनेको हुँ ।’

अदालतको आदेशपछि जिल्लाका क्रसर उद्योगहरु सबै बन्द भएपछि नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको समन्वयात्मक छलफल कार्यक्रममा एसपी कुँवरले अदालतको आदेश सबैले मान्नु पर्ने भन्दै कानुनको पालना सबैको कर्तव्य भएकाले कुनै विषयमा चित्त नबुझे कानुनी बाटोबाटै त्यसको निकास खोज्न आफूले सुझाव दिएको तर त्यसो नगरी खुरापाती गरेको भन्दै व्यवसायीप्रति आक्रोश व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आईतवार १८:०८