१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

३ साउन, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ । सचिवालय बैठकमा पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । स्थायी कमिटी बैठक स्थगित गरेर सहमतिको प्रयासका लागि सचिवालय बैठक बसेकाे हाे ।

असार १० गतेदेखि शुरू भई पटक–पटक स्थगित हुँदै आएको सचिवाल बैठक आइतवारसम्मको लागि सारेर सचिवालय बैठक बसेको छ । सचिवालय बैठकअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिवार छलफल भएको थियाे ।

प्रकाशित मिति : 15:30