१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

नेकपाको सचिवालय बैठक आज, कहिलेसम्म चल्छ खुमलटार समूहको सत्ता बार्गेनिङ ?

३ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ  । शीर्ष तीनको सत्ता बार्गेनिङले नेकपाभित्र बढेको विवाद कम गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको छ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका बीचमा पटक पटक भएको छलफलबाट निकास ननिस्किएपछि शनिबार सचिवालय बैठक बोलाइएको बुझिएको छ । सचिवालय बैठकले एउटा निकास निकाल्ने अपेक्षा गरिएको छ । भारतीय योजनामा पार्टी भित्रकै नेताहरू सत्ता कब्जाको रणनीतिमा लागेपछि प्रधानमन्त्रीले त्यसका बारेमा अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि शीर्ष नेताहरूले सरकार ढाल्न कसिएका भारतीय भनेका पनि हामी नै हौँ र विगतमा पनि हामीले सरकार ढालेको हो भनेर प्रतिवाद गरेपछि नेकपा विवाद पार्टी विभाजनको अवस्था सम्म पुग्यो भन्ने अड्कलबाजी समेत भए । यद्यपी अहिलेसम्म नेकपा दुर्घटनामा जाने देखिएको छैन ।

पार्टीको दोस्रो तहका नेताहरूले शीर्ष नेतृत्वलाइ विभाजनमा नजान खबरदारी गरिरहेका छन । यही बीचमा खुमलटार समूहमा रहेका पार्टी उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल पार्टी विभाजन हुने गरी गतिबिधि नगर्ने बताएका छन । उनीहरूले यो पार्टी विभाजनका लागि उपयुक्त समय नभएको बताएका छन ।

पार्टीका वरिष्ठ नेताद्धय माधवकुरमा नेपाल र झलनाथ खनाल पनि शनिबार बैठकमा सहमतिका लागि राजिनामा माग्ने बाटो छाडेर अघि बढ्न सक्ने अनुमान गरिएको छ । विदेशी हस्तक्षेप र केही मुठीभरका अपराधिक पृष्ठभूमिका व्यापारीको स्वार्थ पूर्तिका निम्ति खुमलटार समूहले सत्ता बार्गेनिङ गरिरहेको छ । यो कतिसम्म रहन्छ भन्नेनै अन्योलमा रहेको छ । केहीदिन अघि अध्यक्षद्धयले मिलिसकेको संकेत गरेका थिए अहिले फेरि दुबैले पूर्ववत अडान अघि बढाएका छन ।

जसका कारण स्थायी कमिटीको बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । २र२ दिनका दरले स्थगित हुँदै आएको बैठक सात दिनका लागि थप स्थगित भएपछि शुक्रबार बस्ने तयारी थियो । शुक्रबार एक पटक स्थगितभएर पुनः साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

प्रकाशित मिति : 09:29