नेकपाले बोलायो सचिवालय बैठक
२ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने निर्णय गरेकाे हाे । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको बताए।

अध्यक्षद्धयकाे सहमतिमा आज बस्ने भनिएको स्थायी कमिटी बैठक ४ गतेसम्मका लागि स्थगित गरिएकाे छ । गत असार ६ गतेदेखि सचिवालय बैठक बसेको छैन।
प्रकाशित मिति : 14:23









