तीन वर्षभित्र काठमाडौँमा मेट्रो रेल चल्ने प्रधानमन्त्री ओलीको घोषणा
१३ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन वर्ष भित्रमै काठमाडौँमा मेट्रो रेल चल्ने घोषणा गरेका छन । आइतबार सरकरको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले तीन वर्ष भित्रमै काठमाडौमा मेट्रो रेल चढ्ने बताए ।
उनले काठमाडौं मेट्रो निर्माण कम्पनीसँग महानगरपालिकाले लिखित एमओयू गरिसकेको भन्दै तीन महिना फिजिबिलिटी, त्यसपछिको ६ महिना डिटेल सर्भे र त्यसपछि तीन वर्षभित्र काठमाडौंमा मेट्रो रेल चल्ने बताए ।

साथै उनले नीति तथा कार्यक्रम आकांक्षाहीन नभएको बताए । ‘कतिपय मान्यजीहरुले टिप्पणी गर्नुभयो– नीति तथा कार्यक्रम महत्त्वाकांक्षी भयो’, प्रधानमन्त्रीले भने, ‘म स्वीकार गर्छु, नीति तथा कार्यक्रम आंकाक्षाहीन छैन ।’ प्रधानमन्त्रीले नेपाल पहिलो विश्वमा पुग्नै नसक्ने गरि अभिशप्त नभएको चर्चा गरे ।
प्रकाशित मिति : May 27, 2018 at 1:28 pm









