गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२५६ पुग्याे
२ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितको संख्या १२५६ जना पुगेको छ ।
,
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकाका १८ जना र तनहुँका ७ जना रहेका निर्देशनालयले विज्ञप्ती निकालेर जानकारी दिएको हो।
प्रकाशित मिति : July 17, 2020 at 1:09 pm



