चोरी गर्न आएको ठानेर कुटपिट गर्दा रसुवाका निर्दोष युवकको मृत्यु
२ साउन, काठमाडौँ । तारकेश्वर नगरपालिका-५, गोलढुंगामा चोरी गर्न आएको भन्दै सर्वसाधारणले कुटपिट गर्दा १ जना निर्दोष व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भई कपुरधारा बस्दै आएका छिरिङ लामा छन् । अर्का १ जना दार्जे तामाङ भन्ने व्यक्ति घाइते भएका छन् । मध्यराति मादक पदार्थ सेवन गरेर अाएका दुईजना युवकलाइ देखेर एक घरको कुकुर भुकेको थियो ।

त्यसक्रममा उनीहरुले पनि होल्ला गर्न थालेपछि परिवारका सदस्यहरू पनि बाहिर निस्किएका थिए र विवाद बढेको थियो । पछि उनीहरु भागेपछि चोर, चोर भन्दै कराएपछि सर्वसाधारणले ढुंगा हानेको पाइएको प्रहरीले जनाएको छ । घटनाकाे जानकारी पाएलगत्तै पुगेको प्रहरीले लामालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको थियो । तर, अस्पतालले मृत घोषित गर्यो । अहिले दुई जनालाई पक्राउ गरेर विस्तृत अनुसन्धान थालिएको प्रहरीले बताएका छन् ।
प्रकाशित मिति : July 17, 2020 at 12:53 pm



