१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

संविधान संशोधनमा ओलीको पुरानै अडानः आवश्यकताको आधारमा मात्र संविधान संशोधन

१३ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा पुरानै अडान दोहो¥याएका छन । प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन आवश्यकताको आधारमा हुनसक्ने पुरानै अडान दोर्होयाएका हुन ।

उनले संसदमा भने ‘हामीले भनेका छौं, संविधान संशोधन हुनसक्छ । त्यो अशंशोधनीय दस्तावेज होइन । २०१५ को संविधानमा पनि दुईवटा धाराबाहेक अन्य धारा संशोधन गर्न सकिन्थ्यो । संविधान भनेको आवश्यकता अनुसार संशोधन हुन्छ । म आज पनि भन्न चाहन्छु, कुनै भ्रम नरहोस् । संविधान संशोधन गर्न सकिने गतिशील दस्तावेज हो । आवश्यकता अनुसार, औचित्यका आधारमा संविधान संशोधन हुनसक्छ ।’

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आईतवार १३:१२