१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

ओलीलाई ५ बर्ष सरकारको नेतृत्व गर्न दिने पार्टी निर्णयविरूद्धका कोठे बैठककाे तुक छैनः संयाेजक महर

२ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ बर्ष सरकारको नेतृत्व गर्न दिने पार्टी निर्णयविरूद्धका कोठे बैठककाे कुने तुक नभएकाे बताएका छन् । संयाेजक महरले शुक्रबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीले सर्बसम्मत गरेकाे निर्णय नै पार्टी निर्णय भएकाे बताएका छन् ।

उनले लेखेका छन्, पार्टीमा सर्बसम्मत गरिएको निर्णय नै पार्टी निर्णय हो। २०७६ मंसिर ४ गते पार्टिको सचिवालयले सर्बसम्मत रुपमा ५ बर्षसम्म नै केपी ओलिले सरकारको नेतृत्व गर्ने निर्णय गरेको छ। यो नै सरकारका सन्दर्भमा पार्टीले गरेको पछिल्लो निर्णय हो र यदि त्यो भन्दा अगाडि सरकारका सन्दर्भमा कुनै सहमती वा निर्णय भएका छन् भने पार्टीको पछिल्लो निर्णयले त्यो सहमती वा निर्णय स्वत: खारेज गर्दछ ।

त्यो भन्दा यता आएर कुनै पनि पार्टी निर्णय भएको छैन। केही नेताहरुले विभिन्न ठाउँमा गरिएका कोठे बैठकहरुको निर्णय पार्टी निर्णय हुन सक्दैन। हेक्का रहोस जो चोर उसकै ठूलो स्वर भने झैं आफै पार्टी निर्णय नमान्ने अनि आफैँ केपी ओलीले पार्टी निर्णय मानेनन् भनेर कोकोहोलो मच्चाउनुको कुनै तुक छैन ।

पार्टिले सर्बसम्मत रुपमा निर्णय गरेर केपी ओलीले नमानेको कुनै एउटा निर्णय भए मलाई भनिदिनुहोला नत्र भए एकताको महाधिबेशनसम्म सर्बसम्मतरुपमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढौं यसैमा सबैको भलाई छ अन्यथा चोक्टा खान गएको बुढी झोलमा डुबेर मर्ने सम्भावना निश्चित छ।

प्रकाशित मिति : 12:35