९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

नुवाकोटको तारकेश्वरका एक युवा बलात्कारको आरोपमा पक्राउ

२ साउन, नुवाकोट । नुवाकोटको तारकेश्वरका एक युवा बलात्कारको आरोपमा पक्राउ परेका छन । गाउँकै १९ वर्षीया युबतीलाइ बाख्राको गोठमा लगेर बलात्कार गरेको अभियोगमा तारकेश्वर गाउँपालिका वडा नम्बर ३ का तश्वीर विष्ट पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा रहेक विष्टलाइ १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोटले बिहीबारमात्रै अनुमति दिएको छ । विष्टलाइ घरैबाट पक्राउ गरेको प्रहरीले जनाएको छट । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाका घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 17, 2020 at 10:30 am