३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

कमैया मुक्तिको २१ वर्षः गरिबीको जन्जिर तोड्न सबैले सरकारलाई सहयोग गराैँ


-शान्ता चाैधरी

आज कमैया मुक्ति घोषणा भएको २१ वर्ष भएछ । यो २१ वर्ष बीचमा देशमा धेरै परिवर्तन भए । मुख्य कुरा गणतन्त्र आयो, नयाँ समावेसी संविधान बन्यो । देशले नयाँ उचाई लिएको छ । कमैया मुक्ति एक महान घटना थियो । आजको युगमा मानिसलाई दास बनाउने प्रथा कायम रहन सम्भव थिएन । दासताको जन्जिर तोडिने नै थियो । त्यो जन्जिर २०५७ साल साउन २ गते औपचारिक रुपमा तोडियो ।

खासगरी थारु समुदाय पीडित थियो कमैया कुप्रथाबाट । कमैया कुप्रथाको जन्जिर तोडियो तर अर्काे जन्जिर तोडिएन । त्यो जन्जिर हो गरिबी । गरिबीको जन्जिर नतोडिएसम्म कुनै पनि कुप्रथा अन्त्यले पर्याप्त लाभ दिँदैन भन्ने यो २१ वर्षमा हामी सबैले अनुभव गरेका छौं ।

मुक्त भएका धेरै कमैयाहरुको पुर्नस्थापना अहिले पनि हुन सकिरहेको छैन । उनीहरुले सुनिश्चित आर्थिक जीवन पाउन सकेका छैनन् । नेकपाको वर्तमान सरकारको पाँच वर्षे कार्यकालमा मुक्त कमैयाहरु सबैको पुर्नस्थापना हुने र उनीहरुले सुनिश्चित आर्थिक जीवन पाउने आशा एवं विश्वाश हामी सबैले गरौं ।

कमैया मुक्ति दिवसको अवसरमा मेरो मनमा सबैभन्दा घोचिरहने प्रश्न हो गरिबी। गरिबी निवारण नै यो देशको एजेण्डा नम्बर एक हुनुपर्छ । गरिबी निवारण गर्न सकिएन भने यो देशका लाखौं मानिस अघोषित कमैया बनिरहने छन् । कमैया मुक्ति दिवसको अवसरमा पूर्व कमैयाहरुको दुख सुखमा म साथ रहेको घोषणा गर्दछु ।

त्यसैगरी गरिबीको जन्जिरले बाँधिएका लाखौं नेपालीको साथमा रहेको घोषणा गर्दछु । र, गरिबीको जन्जिर तोड्न जाति, पार्टी, क्षेत्र, लिंग लगायतका भाव र विचारहरुभन्दा माथि उठेर वर्तमान सरकारलाइ सहयोग गर्न अपिल गर्दछु । (चाैधरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचेतक हुनुहुन्छ ।) कमैयामुक्तिका लागि चाैधरीले लडेको लडाइँका केही तस्बीरहरू तल प्रस्तु गरिएको छ । 

 

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार ०९:२७

https://srdb.com.np/