१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

गोरेसँग चन्दासम्बन्ध छैन भन्ने नेकपा सांसद खतिवडा भिडियो स्पष्टिकरणमा यसरी चिप्लिए

११ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद घनश्याम खतिवडाले चुडामणि उप्रेती गोरेसँग अाफूले चन्दा नलिएको स्पष्ट पारेका छन । सुन तस्कर गोरेसँग चन्दा लिएको भन्ने विषयमा समाचार प्रकाशमा अाएपछि भिडियो सन्देशबाट अारोपको खण्डन गर्दै सांसद खतिवडाले अाफूले चुडामणि उप्रेतीलार्इ निचनेकाे बताएका छन ।

भिडियो स्पष्टिकरणमा सुरूमा चन्दाकाे व्यवस्थापन सबै पार्टी च्यानलले गरेको बताउने खतिवडाले अन्त्यमा अाफूले चिन्दा त लिएँ होला तर चुडामणिसँग लिगिन भेनर बताएका छन । उनको भिडियो सन्देश सुनेर वास्तविकता तपार्इ अाफैँ पत्ता लगाउन सक्नुहुन्छ ।

भिडियो यहाँ हेर्नुहोस् 

यसअघि खतिवडाले सुन तस्कर गोरेबाट चुनावमा चन्दा लिएको खुलासा भएको भन्दै समाचार प्रकाशनमा अाएको थियो ।  माेरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडाले निर्वाचनको समयमा गोरेबाट दुर्इ लाख चन्दा लिएको भन्ने सार्वजनिक भएको थियो ।  प्रहरीले गोरेको पैसा खतिवडालार्इ चन्दाको रूपमा बुझाउने एमाले कार्यकर्ता रेवत आचार्यलार्इ बिहीबारनै पक्राउ परिसकेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आईतवार ०९:१७