६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

अभिनेत्री एवं समाजसेवी स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त

१ साउन, काठमाडौँ ।  माछापुच्छ्रे बैंकद्धारा अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित  कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका छन् । अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुच पुग्ने बिश्वास बैंकले लिएको छ ।

खड्काले २० बर्ष लामो इतिहास बोकेको बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । बैंकले देशभरका आफ्ना १५९ वटा शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : July 16, 2020 at 2:13 pm