ओली र प्रचण्डको बैठकमा माधव नेपाल पनि मिसिए, लुतोसँगै फालिएला त नेकपा विवाद ?
१ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले एजेण्डा नै छाडेर ट्रयाक आउट भएपछिको विवाद मिलाउन निरन्तर छलफलमा रहेका पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बैठकमा बिहीबारबाट वरिष्ठ नेता माधवकुमार नेपाल पनि मिसिएका छन ।
शुक्रबार सुरू हुने स्थायी कमिटीको बैठक अघि नै सहमति जुटाउने प्रयास स्वरूप तीन नेता बसेका हुन । यसअघि अध्यक्षद्धयको बीचमा केही सहमति जुटेको अनुमान गरिएको थियो । त्यसलाइ पुष्टि गर्ने गरी प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्डले केही संकेतहरू दिएका थिए । सँगै स्थायी कमिटीका सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि पार्टी दुर्घटनाबाट जोगिएको प्रतिक्रिया दिएका थिए ।

स्रोतका अनुसार अध्यक्षद्धयको बीचमा भएको सहमतिमा वरिष्ठ नेता नेपाललाइ पनि सहमत गराउने प्रयास हुनेछ भने नमिलेका विषय मिलाउनका लागि नेपालले मध्यस्तताको भूमिका निर्वाह गर्नेछन । स्रोतका अनुसार बिहीबारको छलफलमा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी रहेका छन । बिहीबार लुतो फाल्ने दिन भएकाले नेकपाले पार्टी भित्रको लुतो भन्दा खतरानक रूपमा रहेको कुण्ठाको राजनीति फ्याँक्ने महत्वपूर्ण भूमिका खैल्ने अनुमान समेत गरिएको छ ।
प्रकाशित मिति : 14:15









