९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी बलात्कार आरोपमा पक्राउ

३१ असार, काठमाडौँ ।  नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत राजेन्द्र अधिकारी पक्राउ परेका छन । अधिकारीलाई कार्यालय नजिकैको जंगलबाट नेपाल प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।


सशस्त्र मुख्यालय स्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पाइएको छ । एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ । ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

प्रकाशित मिति : July 15, 2020 at 5:45 pm