९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सुस्मिता हत्या प्रकरणः सासू-ससुरा र नन्‍द कारागार चलान

३१ असार, हेटौंडा । हेटौंडा–४ की २६ वर्षीया सुस्मिता थापाको हत्या प्रकरणका आरोपी ४ जनालाई आज पुर्पक्षका लागि कारागार चलानको आदेश भएको छ। सोमबारदेखि भएको थुनछेक बहसपछि जिल्ला अदालत मकवानपुरकी जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले पुर्पक्ष थुनाको लागि आज आदेश भएको हो।

घटनाको मतियारको रुपमा सासू तुलसी कुमारी थापालाई १२ वर्ष कैद,नन्द २३ वर्षिया सिता थापालाई आजीवन, आमाजू २७ वर्षीय दुर्गा थापा र उनका पति ३४ वर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष, कैद माग दाबी गरिएको थियो। असार २ गते भएको घटनाका ४ अभियुक्तलाई असार १५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको थियो। आमाजू दुर्गा थापाका पति अरुण कार्की फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : July 15, 2020 at 5:22 pm