प्रतिबन्धित विप्लव समूहका नेता ओमप्रकाश पुन कैलालीबाट पक्राउ
३१ असार, काठमाडाैँ । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीबाट पक्राउ परेका छन । उनी पक्राउ परेको कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले पुष्टि गरेको छ । विप्लव नेतृत्वको नेकपाले भने उनको श्रीमति पूर्णिमा धामी पनि पक्राउ परेको जनाएको छ ।

प्रकाशित मिति : 11:21







