१० असार २०८३, बुधबार | Wed Jun 24 2026

अनेरास्ववियू नुवाकोटका पूर्व नेता एकीकृत हुँदै, नेकपाका नेताद्धय पाण्डे र लोहनी एउटै मञ्चमा

३१ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता केशवराज पाण्डे र राजेन्द्रप्रकाश लोहनी एउटै मञ्चमा देखिएका छन । विगतमा पार्टी भित्र दुइ गुटको नेतृत्व गर्ने नेताहरू मंगलबार काठमाडौँमा भएको पूर्व एमाले निकटका अनेरास्ववियूका नेताहरूको भेलामा एउटै मञ्चमा देखिएका हुन । अनेरास्ववियूका नेताहरूले दुबैको एउटै मञ्चको उपस्थितिलाइ अर्थपूर्ण रूपमा हेरेका छन ।

नेकपा भित्र आन्तरिक विवाद चर्किरहेको समयमा २०३७ सालदेखि हालसम्मका अनेरास्ववियू नुवाकोटका पदाधिकारीका लागि गरिएको भेलामा नेताद्धय पाण्डे र लोहनी एउटै मञ्चमा देखिएका हुन । नुवाकोट सरोकार समाजका महासचिव समेत रहेका अनेरास्ववियू नुवाकोटका पूर्व अध्यक्ष अनुजकुमार श्रेष्ठले संयोजन गरेको भेलामा बद्री मैनाली, रामशरण प्याकुरेल, गणेश श्रेष्ठ, नारायण घिमिरे, बलराम आचार्य, काशी अधिकारी, निलकण्ठ आचार्य लगायत पार्टीका नेताहरू समेत सहभागी रहेका थिए ।

भेलामा उनीहरूले संगठन निर्माणमा जोड दिँदै विचारले पार्टी चल्नुपर्ने भन्दै अनेरास्ववियूका पूर्व नेताहरूको एउटा क्लब गठन गरेर नेकपालाइ गतिशिल बनाउने विषयमा निस्कर्ष निकालेको अनेरास्ववियू नुवाकोटका संयोजक विष्णु दाहालले जानकारी दिए । भेलाले बैचारिक बहस चलाउनका लागि पाठ्यक्रम विकास गर्ने जिम्मा रामलला श्रेष्ठलाइ दिएको छ भने पूर्व नेताहरूको समन्वयको जिम्मेवारी अनुजकुमार श्रेष्ठलाइ दिएको छ ।

प्रकाशित मिति : July 15, 2020 at 10:04 am