डीएसपी सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
३० असार, काठमाडाैँ । नेपाल प्रहरीका डीएसपी रमेशबहादुर सिंहविरुद्ध अख्तियार दुरुपयोग अनसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरेकाे छ । आयोगले नागरिकताको जन्म मिति सच्चाएर झुठा विवरण उल्लेख गरी प्रहरी निरीक्षकमा भर्ना भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सिंहले पहिले पनि भ्रष्टाचारको अभियोगमा सफाइ पाएका थिए । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इस्पेक्टरको दर्खास्त दिन जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाण–पत्रमा उल्लिखित जन्म मिति सिंहले सच्चाएका थिए ।
प्रकाशित मिति : July 14, 2020 at 5:15 pm



