९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कर्णाली प्रदेशका १ जना सांसदमा कोरोना संक्रमण

३० असार, सुर्खेत । कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ । सोमबार साँझ ती सांसदमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित भएका सांसद स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले बताए ।

बर्खे अधिबेशनभर संसद भवन र कोठा बाहेक बाहिर नगएका उनको संसद अधिबेशन सुरु हुनुभन्दा अगाडि गरिएको पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।

सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कका आएका सांसद र पत्रकारसहित १६० जनाको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : July 14, 2020 at 4:07 pm