२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

लाग्छ, पूर्वजन्ममा तिमी नेपालकै छोरी थियौ (गद्य कविता)

-लक्ष्मीप्रसाद ढकाल

राजदूत यान्छीको जन्म चीनमा भए पनि
राजदूत यान्छीको कर्म नेपालमा रहेछ
उनी त नेपालकी छोरी रहिछन्
उनी हिमालयकी गोरी रहिछन्
उनमा हिमालयको कान्ति रहेछ ।

इतिहासमा कुनै दिन भूमिकन्या सीताले
अयोध्यामा नारीको इज्जत राखेकी थिइन्
इतिहासमा कुनै दिन चीनमा भृकुटीले
नारी परिचय दिएकी थिइन्
आज तिमीले सम्पूर्ण चिनियाँ नारीको प्रतिनिधित्व गरेर
नयाँ इतिहास रच्यौ यान्छी, नयाँ इतिहास रच्यौ ।

चीनमा जन्मेर हुर्के पनि नेपाली कला र संस्कृति,
गीत र सङ्गीत अनि भेषभूषाले तिमी
रङ्गमन्चमा उभिएर जुन कला प्रदर्शन गर्यौ
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ,
नेपाली मन चिनायौ र चिन्ने मौका दियौ
सबैलाई नतमस्तक बनायौ , सलाम छ यान्छी सलाम
नेपालमा आएर नयाँ इतिहास रच्यौ ।

लाग्छ, पूर्वजन्ममा तिमी नेपालकै छोरी थियौ
लाग्छ, हाम्रै घरकी छोरी थियौ, दिदीबहिनी थियौ
लाग्छ, स्वाभिमानी पुरुषकी धर्मपत्नी थियौ
लाग्छ, अबोध बालबच्चाकी आमा थियौ
अर्थात् एउटै घरका सदस्य थियौं, रगतको नाता थियो ।

संस्कार र संस्कृति मानिसका परिचय हुन्
कला, धर्म र परम्परा मानिसका पहिचान हुन्
नेपाली भूगोलमा कला , संस्कृति र सौन्दर्य
त्यो तिम्रो पहिचान बन्यो, परिचय बन्यो
सम्पूर्ण नेपालीको तर्फबाट सलाम छ यान्छी सलाम ।

कवि ढकाल त्रिभुवन विश्वविद्यालयमा दर्शनाचार्य अध्ययनरत हुनुहुन्छ । 

प्रकाशित मिति : July 14, 2020 at 10:07 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/