साेमबार काठमाडाैँका ३ सहित थपिए १४४ कोरोना संक्रमित, १ हजार ७०५ जना डिस्चार्ज
२८ असार, काठमाडाैँ । साेमबार काठमाडाैँका ३ सहित १४४ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार थप १४४ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ९४५ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १ हजार ७०५ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २९४ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३८ जना पुगेकाे छ । ५ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।
प्रकाशित मिति : July 13, 2020 at 4:27 pm



