९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

काठमाडौँमा चल्न थाल्यो मयूर यातायात

२९ असार, काठमाडाैँ । मयूर यातायातले काठमाडौँ उपत्यकामा बस सेवा सुरु गरेको छ। सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेर बस नचलाउने बताइरहँदा मयूरले सोमबारदेखि उपत्यकाभित्र र काभ्रेको बनेपासम्म बस चलाउन थालेको हो। सरकारले तोकेको मापदण्डअनुसार आजैदेखि ६ वटा बसमार्फत सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार कम्पनीले काठमाडौँ-धुलिखेल-पनौती रुटमा २ वटा बस चलाएको छ भने रिङगरोडमा ४ वटा बस चलाउन थालेको छ। मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जनामात्रै यात्रु राखिने जनाएको छ। ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरिएको श्रेष्ठले बताए। तर बसमा यात्रु र कर्मचारीलाई पनि मास्क अनिवार्य गरिएको छ।

प्रकाशित मिति : July 13, 2020 at 1:19 pm