६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

अमिताभ बच्चन र अभिषेक बच्चनकाे दाेस्राे काेराेना रिपाेर्ट पनि पाेजेटिभ

२८ असार  एजेन्सी ।  बलिउडका अभिनेता अमिताभ बच्चन र उनका पुत्र अभिनेता अभिषेकको कोरोनाकाे दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर अमिताभ बच्चनकाे पत्नी जया र उनकी बुहारी ऐश्वर्या र नातिनी आरोध्याको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ।

बलिउडका कलाकारमा कोरोना संक्रमण देखिन थालेपछि कलाकारको भेटघाटमा कडाइ गर्न थालिएको छ। त्यस्तै अर्का पाका अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना भेटिएको छ। उनकी आमा र भाइमा पनि कोरोना देखिएको छ।

प्रकाशित मिति : July 12, 2020 at 2:52 pm