नेताहरूको भारतीय चम्चागिरी विरूद्ध सडकमा युवा ‘बोली अलि पिरो हो, केपी ओली हिरो हो’
२६ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समर्थकहरुले काठमाडाैँमा बृहत प्रदर्शन गरेका छन् । शुक्रबार दिउँसो माइतीघर मण्डलामा ओलीको समर्थनमा प्रदर्शन भएको हो । बोली अलि पिरो हो, केपी ओली हिरो हो भन्ने यसअघि नुवाकोटमा युवाहरूले लगएको नारा शुक्रबार काठमाडाैँमा पनि लागेको छ ।

उनीहरूले बोली अलि पिरो हो, केपी ओली हिरो हो नारा लेखेको प्लेकार्ड समेत बोकेका थिए । उनीहरूले भारतीय दलालहरूले अस्थिरता निम्त्याउन खोजेको भन्दै त्यस्ता कुपात्रहरूकाे जनताले एक/एक हिसाब खोज्ने चेतावनी समेत दिए । स्वस्फूर्त रूपमा सयाै युवाहरू सडकमा उत्रिएका थिए ।

कोरोनाको जोखिमलाइ समेत प्रवाह नगरी उनीहरूले सडकमा प्रदर्शन गरेका हुन । नेकपाका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको राजिनामा मागेपछि नेकपाभित्र तनाव उत्पन्न भएको छ ।

प्रकाशित मिति : 20:08









