प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल सुरू
२३ असार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे विवाद मिलाउन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

यसअघि सोमबार भएको दुई अध्यक्षको भेटमा गतिरोध अन्त्यका लागि दुई अध्यक्षले नै प्रयास गर्ने सहमति भएको थियो।आज छलफलबाट सहमतिमा पुग्ने अपेक्षा गरिएको छ ।सोमबार बस्ने भनिएको स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।
प्रकाशित मिति : 11:56









