१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

अान्तरिक लोकतन्त्रको माग गर्दै देउवाविरूद्ध नेविसंघको प्रदर्शन, अाेलीविरूद्ध पनि नाराबाजी

११ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किरहेका बेला नेविसंघ काठमाडौं जिल्लाको आयोजना र केन्द्रिय समितिको समन्वयमा शुक्रबार दिउँसो राजधानीमा प्रदर्शन गरेको छ ।

प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा नेविसंघ नेताहरु महामन्त्री कुन्दन काफ्ले ,मनोज मणि आचार्यले नेतृत्व गर्नुभएको थियो भने बिरोध सभामा नेबि सघ महामन्त्री कुन्दन राज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, नवीन राई, नेता दीपक भट्टराई, डुजाङ शेर्पा काठमाडौं सभापति मनोज बैध्य लगायतले सम्बोधन गरेको नेबि सफ्ह केन्द्रिय सदस्य सुशील भट्टले बताउनुभयो ।

कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए । आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएका नेविसंघका केही कार्यकर्ताहरुले विरोधको प्रतिकात्मक स्वरुप पूरै शरीर ढाकिने कालो कपडा लगाएको नेबि सघनेता निरन्जन थापाले बताए ।

प्रकाशित मिति : May 25, 2018 at 3:57 pm