राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शितल निवासमा भेट
१८ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शितल निवासमा भेट भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानममन्त्री ओली बिहान करिब ११ बजेतिर शितल निवास पुगेका थिए।

प्रधानमन्त्री ओलीले आज १२ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। नेकपाको स्थायी कमिटी बैठक पनि आज बस्दै छ।
प्रकाशित मिति : July 2, 2020 at 12:16 pm









