१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सरकारले देखाएका सबै सपना पाँचभित्र पूरा हुन्छनः नेम्वाङ

११ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जनतालाई देखाइएको सपना अब पूरा हुने बताएका छन् । संघीय संसदमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सरकारले नीति तथा कार्यक्रमार्फत पेश गरेको सपनालाई बोक्ने बजेट ल्याउनुपर्ने बताए ।

विपक्षी दलका सांसदले सरकारले सपनामात्र देखाएको आरोप लगाएपछि नेम्वाङले सपना देख्नु गलत नभएको बताए । उनले सरकारले देखाएका सपना ५ वर्षभित्र पूरा हुने दावी गरे । कांग्रेस सांसद मिनेन्द्र रिजालतिर लक्षित गर्दै नेम्वाङले उनकै निर्वाचन क्षेत्रबाट कोशी हुँदै गंगाबाट महासागरको पानी जहाज यात्रामा सँगै हिड्न आग्रह गरे ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार १३:२७