१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

५ जना नेताहरुले धारणा राखेपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित, भोलि ११ बजे बस्ने

१७ असार, काठमाडाैँ । ५ जना नेताहरुले धारणा राखेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न प्रतिनिधिसभा बैठकमा  जानुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।


प्रवक्ता श्रेष्ठले अर्काे बैठक बिहीबार विहान ११ बजे बस्ने जानकारी दिए । बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।

प्रकाशित मिति : 13:13